
काठमाडौं, ७ जेठ । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएलगत्तै सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
काँग्रेसको नाराबाजीकै बाबजुत प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनु भएको हो ।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै काँग्रेसले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।








प्रतिक्रिया