४ श्रावण २०८३, सोमबार

सरकार परिवर्तनको कुरा माकुराको जालोजस्तै च्यातिएपछि कांग्रेस छटपटिएको हो : विष्णु पौडेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकार परिवर्तनमा असफल भएपछि काँग्रेस छट्पटिएको बताउनु भएको छ ।

संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा बोल्नुहुँदै उपाध्यक्ष पौडेलले सरकार परिवर्तन गर्न नसक्दा काँग्रेसको छट्पटि देखिएको बताउनुभएको हो ।

“सरकार परिवर्तनको कुरा माकुराको जालोजस्तै च्यातिएपछि कांग्रेस छटपटिएको हो,” उहाँले भन्नुभयो, “प्रतिपक्षको व्यक्त धारणा त्यही हो । यसलाई बुझ्न कठिनाइ पर्दैन ।”