
काठमाडौं, ७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।
आज बसेको संसदीय दलको बैठकले रास्वपाका सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।
प्रतिनिधि सभामा रास्वपाका २१ सांसद छन् ।
प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।
नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो ।








प्रतिक्रिया