३१ जेष्ठ २०८३, आइतबार

उपेन्द्र यादवले दायर गरेको रिटको पेशी न्यायाधीश ढुंगानाको एकल इजलासमा

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । जसपा नेपाल छोडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा मतदानको प्रक्रियामा र अन्य संसदीय गतिविधिमा पनि रोक लगाउन माग गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

अध्यक्ष यादवले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । यादवले आइतबार रिट हाल्नुभएको थियो ।

यादवले जेठ ८ गते सर्वोच्चले जसपा विभाजन बारे दायर गरिएको रिटको अन्तिम सुनुवाइ हुने र त्यति बेलासम्म सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै जसपा विभाजन यथास्थितिमा राख्न आदेश दिएको उल्लेख गर्दै रिट दायर गर्नुभएको थियो ।