७ असार २०८३, आइतबार

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. अधिकारी नियुक्त

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ७ जेठ । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्र अधिकारी नियुक्त हुनुभएको छ ।

कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले झापा विर्तामोड निवासी डा. अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने, कोशी प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलालाई क्यानडा जान कूटनीतिक राहदानीका लागि प्रधानमन्त्री कार्यालयमा सिफारिस पठाउने निर्णय गरेको छ ।

साथै वित्तीय हस्तान्तरणको सम्बन्धमा सोलुखुम्बुको दूधकुण्ड नगरपालिका सोलु, खाँदबारी नगरपालिका सङ्खुवासभा र ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आप्रवासन केन्द्र स्थापना तथा सञ्चालनका लागि रु पाँच लाख दुई हजारका दरले रकम पठाउने निर्णय पनि आजको बैठकमा भएको उहाँले जानकारी दिनुभयो ।