८ असार २०८३, सोमबार

प्रधानमन्त्रीलाई विश्वासको मत दिने जनमतको निर्णय

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

जनमतकी प्रमुख सचेतक अनितादेवी साहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।