२० असार २०८३, शनिबार

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, ७ जेठ । नेकपा (एमाले) बाँकेको जिल्ला अध्यक्षमा निरक गुरुङ विजयी हुनुभएको छ ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा गुरुङ २ सय ९१ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँको निकटतम् प्रतिस्पर्धी डिल्ली बिसीले १ सय ५४ मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपाध्यक्षमा रत्न खत्री ३ सय १३ मतसहित निर्वाचत हुँदा उहाँको प्रतिस्पर्धी रविन्द्र लम्सालले १३२ मत प्राप्त गर्नुभयो । सचिवमा बलराम भट्टराई १ सय ४० मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धीहरु खिलप्रसाद भुसालले १ सय १७ मत, भीम ओलीले ९५ मत र दत्त आचार्यले ८८ मत पाउनुभयो ।

यस्तै उपसचिवमा किशोर थापा २ सय ६२ मतसहित निर्वाचित हुँदा उहाँको प्रतिस्पर्धी दीपक बर्माले १ सय १९ मत प्राप्त गर्नुभयो ।