१ कार्तिक २०८३, आइतबार

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लाग्यो, उद्धारटोली पठाइयो

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लागेको छ ।

खोज तथा उद्धारका लागि टर्कीबाट खटिएको ड्रोनले इरानको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा जलेको अवस्थामा फेला पारेको टर्कीस्थित समाचार एजेन्सी अनादोलुले जनाएको छ । जलेको ठाउँ भेटिएलगत्तै त्यहाँ उद्धारकर्मीहरुको टोली खटिएको छ ।

हेलिकप्टरमा सवारहरुको अवस्थाका विषयमा भने अझै खुल्न सकेको छैन् । ‘टर्कीबाट खटाइएको ड्रोनले जलेको ठाउँको पहिचान गर्‍यो र त्यसको जानकारी इरानी अधिकारीसमक्ष समन्वय गरेको छ ।’ अनादोलुले उल्लेख गरेको छ ।

आइतबार खराब मौसमका कारण राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर बेपत्ता भएको थियो ।