
काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । आइतबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको थियो ।
त्यस्तै, आज युरो एकको खरिददर खरिद दर १४४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २९ पैसा रहेको छ । आइतबार युरो एकको खरिददर १४४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८७ पैसा रहेको थियो ।
आज बेलायती पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७४ पैसा रहेको छ । आइतबार पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३० पैसा र बिक्रीदर १६९ रुपैयाँ ०६ पैसाका दरले कारोबार भएको थियो ।
कतारी रियालको मूल्य भने आज पनि समान छ । रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया