३० जेष्ठ २०८३, शनिबार

बर्दियामा पाटेबाघ मृत फेला

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ७ जेठ । बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा पाटेबाघ फेला परेको छ ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले सामुदायिक वनमा कुहिएका अवस्थामा वयस्क पाटेबाघ फेला परेको जानकारी दिनुभयो ।

प्राविधिक टोली घटनास्थलमा पुगेकाले परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्वाहाङ्फेले बताउनुभयो ।