४ श्रावण २०८३, सोमबार

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई पोसाक वितरण

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । मुक्तिनाथ विकास बैंक लिमिटेडले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गत कामहरु गर्दै आएको छ । सोही क्रममा बैंकले नवलपुरको बुलिङटारस्थित रम्भादेवी आधारभूत विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्मका ७६ जना विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेको छ ।

कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, विद्याथीहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट स्थानीय बालबालिकाहरु विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने विश्वास लिएको बैंकले जनाएको छ ।