२ असार २०८३, मंगलबार

संसदमा दीप श्रेष्ठको गीत सुनाउँदै रविले भने- जे सुकै भनुन् म बहुला होइन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रतिपक्ष दलले सहकारी बिना प्रमाण सहकारी ठगको आरोप लगाइरहेको बताउनुभएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै मन्त्री लामिछानेले काँग्रेसले बिना प्रमाण प्रतिशोध साँधेर आफूमाथि आरोप लगाइरहेको बताउनुभएको हो ।

लामिछानेले आफू निर्दोष रहेको दावी गर्नुहुँदै संसदमा दीप श्रेष्ठको गीत पनि सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘दीप श्रेष्ठको एउटा गीत छ– आमा यीनिहरूले जेसुकै भनुन्, म बहुला होइन । मैले बोल्न नहुने केही बोलेको छैन । मैले गर्न नहुने केही गरेको छैन । यीनिहरूले जे सुकै भनुन् म बहुला होइन,’।