४ श्रावण २०८३, सोमबार

गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन : रवि लामिछाने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टीकरण दिनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिदै आफूले गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा आफू सहभागी नभएको बताउनुभएको हो ।

लामिछानेले आफूले अहिले गोरखा मिडिया छोडिसकेको र कम्पनी छोडीसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफू दायित्व बेहोर्न तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले जीबी राईले गरेका सबै फोहोर आफूले सफा गर्नुपर्छ भन्ने नरहेको जिकिर गर्नुभयो ।

पोखराको सुर्यदर्शन सहकारीबाट आफूले ऋण लिएको कुनै कागज नभएको भन्दै सुनियोजित रुपमा आफ्नो नाम प्रयोग गरिएको दावी गर्नुभयो ।

उहाँले फौजदारी कसूर लाग्ने सहकारी ठगी प्रकरणमा संसदीय समिति छानबिन गर्न नमिल्ने जिकिर गर्दै आफू यो विष पिउन तयार रहेको स्पष्ट पार्नुभयो ।