२४ जेष्ठ २०८३, आइतबार

कार्यदलको बैठकमा सहमति जुटेन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन ।

सिंहदरबारमा भएको बैठकपछि बोल्दै कांग्रेसका सांसद जीवन परियारले गृहमन्त्री रवि लामिछानेको नाम राखेर छानबिन गर्न सत्ता पक्ष तयार नभएको बताउनुभयो । परियारले आजको संसदको बैठकपछि कार्यदलको बैठक बस्ने जानकारी दिनुभयो ।

त्यस्तै, रास्वपाका सांसद शिशिर खनालले सबै आ-आफ्नो अडानमा रहेको बताउदै समिति बनाउँदा व्यक्तिको नाम राखेर छानबिन गर्नु न्यायसंगत नहुने आफूहरुले धारणा राखेको जानकारी दिनुभयो ।