४ श्रावण २०८३, सोमबार

संसदीय छानविन समिति : काँग्रेसले माग्यो केही समय, कार्यदेशमा साँझसम्म सहमति हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि गठित कार्यदलको बैठक केही समयकालागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आधा घण्टाको समय मागेपछि बैठक केही समयका लागि स्थगित भएको र सहमति नजिक पुगेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, शनिबारको सहमतिअनुसार कार्यदलको बैठकमा समितिको कार्यदेश के हुने भन्नेबारे निरन्तर छलफल भइरहेको छ । विषगत र बुँदागत रुपमा टुंग्याउन उहाँहरू (कांग्रेस) ले केही समय माग्नुभएको छ । मेरो विचारमा एक आधा घण्टापछि बस्ने बैठकले थप निर्णय गर्ला । आज बेलुकासम्म यसलाई फिनिसिङ गर्छौं भन्ने लाग्छ,’ ।

सहकारीमा देखिएका विद्यमान समस्याहरुका सम्बन्धमा संसदीय छानबिन समिति बनाउने सहमति भएसँगै समितिको कार्यदेश के हुने भन्नेबारे आइतबार बिहानदेखि निरन्तर छलफल भइरहेका हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वको कार्यदलमा रास्वपातर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार र नेकपा एमालेका तर्फबाट महेश बर्तौला सदस्यका रुपमा रहनु भएको छ । कार्यदेशको निष्कर्ष नटुंगिएसम्म प्रतिनिधि सभाको बैठकबारे अन्योल कायमै छ ।