मंगलबार, ४ असार २०८१
DainikNepal.com
मंगलबार, ४ असार २०८१

एटीएफ यु–१२ टिम च्याम्पियनसिप सोमबारदेखि

दैनिक नेपाल २०८१ जेठ ५ गते १५:२४

काठमाडौं, ५ जेठ । नेपाल टेनिस संघको आयोजनामा एटीएफ यु–१२ टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) सोमबारदेखि हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत ब्वाइजमा ७ तथा गल्र्समा ५ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्यसमेत रहनुभएका प्रतियोगिता निर्देशक अजय विष्टले जनाउनुभएको छ ।

ब्वाइजमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मालदिभ्स, पाकिस्तान र भुटान सहभागी हुने छन् । गल्र्समा पाकिस्तान र भुटानको सहभागिता रहने छैन ।

नेपालबाट ब्वाइजमा निश्चल ज्ञवाली, विश्वविशेष डल्लाकोटी र साहनवाज आलमले प्रतिस्पर्धा गर्ने छन् । गल्र्समा अनुश्री धोजु, सारा पन्त र आयुशा जिसीले खेल्ने छन् । नेपाली खेलाडीको प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य (ब्वाइज) तथा कान्छा खड्गे (गल्र्स) रहेका छन् ।

एक टिममा ३ खेलाडी रहने छन् । टिममा २ सिंगल्स र १ डबल्स खेल हुनेछ । ब्वाइज/गल्र्स दुवैमा फाइनल पुग्ने २ राष्ट्र काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यु–१२ टिम प्रतियोगिताका लागि छनोट हुने प्रतियोगिता निर्देशक विष्टले जानकारी गराउनुभयो ।

शुक्रबारसम्म चल्ने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । प्रतियोगिताका लागि प्रशिक्षकको बैठक आइतबार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित