
काठमाडौं, ४ जेठ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू अदलीबदली भएका छन् ।
गृहमन्त्रालयले बाँके, बाग्लुङ र पर्वतका सीडीओ अदलीबदली गरेको हो । गृह मन्त्रालय अन्तर्गत कार्यरत दुई सहसचिव केदारनाथ शर्मा र नेत्र प्रसाद सुवेदीलाई प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ ।
शर्मालाई पर्वत र सुवेदीलाई बाग्लुङ पठाइएको हो । त्यस्तै, बाग्लुङमा कार्यरत सीडीओ खगेन्द्र प्रसाद रिजाललाई बाँकेमा सरुवा गरिएको छ।









प्रतिक्रिया