२८ जेष्ठ २०८३, बिहिबार

एक लाखले अवलोकन गरे अनेरास्ववियुको ‘विद्यार्थी महोत्सव’

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले ‘विद्यार्थी महोत्सव’ले ‘कल्चरल मूभमेन्ट’को सुरुवात गरेको बताउनुभएको छ । महोत्सवमा एक लाख विद्यार्थीले अवलोकन गरेको आयोजकको भनाइ छ ।

‘विद्यार्थी महोत्सव–२०८१’ विद्यार्थी आन्दोलनको ‘प्याराडाईम सिफ्ट’को ऐतिहासिक घटनाका रुपमा रहने अध्यक्ष बडालको विश्वास छ । यही जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित महोत्सव ‘विद्यार्थी महोत्सव’ मात्र नभएर देशप्रतिको विद्यार्थीको कर्तव्यबोध र शिक्षामा आमूल परिवर्तनको लागि फरक अभियान भएको बडालको भनाइ छ । उहाँले राजनीतिप्रति युवापुस्ताको नयाँ धारणा बनाउन महोत्सव सफल भएको उल्लेख गर्नुभयो ।

‘विद्यार्थी आन्दोलनको जीवनमा एक नवीनतम प्रयोग थियो विद्यार्थी महोत्सव–२०८१ । देशमा केही गर्नुपर्दछ र केही गर्न सकिन्छ भन्ने आशा जगाउने अभियान थियो । ‘आइ हेट पोलिटिक्स होइन, आइ केयर पोलिटिक्स’ भन्ने नयाँ पुस्ता निर्माणको सुरुवात थियो ।’ अध्यक्ष बडालले चर्चा गर्नुभयो ।

महोत्सवले विद्यार्थी वर्गमा राँके जुलुस लिएर सडक आन्दोलन गर्ने विद्यार्थी संगठनको आन्दोलनको छविलाई परिवर्तन गर्दै नयाँ विचारधाराको रचनात्मक र सिर्जनशील विद्यार्थी संगठन निर्माणको छबि बनाउने आयोजकको विश्वास छ ।

अध्यक्ष बडालले महोत्सवले अवको विद्यार्थी आन्दोलनलाई शिक्षाको गुणस्तर, समानता, पहुँच विस्तार र रोजगारीसँग जोड्ने गरी अगाडि बढाउन प्रेरणा दिएको बताउनुभयो । ‘यो एक ‘कल्चरल मूभमेन्ट’ को सुरुवात हो । हामी लामो यात्रा तय गर्दैछौँ । आफू र सरकारलाई प्रश्न गरेर आफैँलाई परिमार्जन गर्दै परिवर्तनका लागि दबाब सिर्जना गर्नुपर्छ । हामी शिक्षामा समानता, गुणस्तर र रोजगारीको सुनिश्चिताको लागि आन्दोलनलाई अझै घनिभूत बनाउने छौँ । देशमा राजनीतिक स्थिरताको लागि रचनात्मक आन्दोलन हाम्रो केन्द्रमा हुने छ । विद्यार्थी महोत्सवले हामीलाई थप उर्जा र हौसला प्रदान गरेको छ ।’ बडालले भन्नुभयो ।

महोत्सवमा सीप विकास, कला, साहित्य, मनोरञ्जनदेखि रोजगारी र विद्यार्थी आन्दोलनमा विभिन्न समयमा भूमिका निर्वाह गरेका शीर्ष नेतृत्वसँग विद्यार्थी आन्दोलनको भविष्यबारे विषयगत सत्रमा अनेरास्ववियुले छलफल र विमर्शको समन्वय थियो ।