१ कार्तिक २०८३, आइतबार

डलर स्थिर हुँदा बढ्यो युरो र पाउण्डको भाउ

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर बिहीबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा पुगेको छ । बिहीबार युरो एकको खरिददर १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा तोकिएको थियो ।

आज बेलायती पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा पुगेको छ । बिहीबार पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८५ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियाल एकको खरिददर खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसामा कारोबार भइरहेको छ ।