७ असार २०८३, आइतबार

सुदूरपश्चिमका प्रदेश सरकारविरुद्धको रिट खारेज

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएको छ ।

सुदूरका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का सांसद लक्ष्मणकिशोर चौधरीले रिट दायर गर्नुभएको थियो ।

रिटलाई सर्वोच्चका न्यायाधीशत्रय प्रकाश कुमार ढुंगाना, कुमार चुडाल र सुनिल कुमार पोखरेलको पूर्ण इजलासले खारेज गरिदिएको हो ।