२४ जेष्ठ २०८३, आइतबार

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । सत्तारूढ दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले संसद्‌लाई आफ्नो दलको केन्द्रीय समिति वा तरुण क्लब नठान्न नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको छ ।

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले कांग्रेसले भनेको मान्नुपर्छ भन्ने कुनै आवश्यकता नरहेको बताउनुभएको हो । उहाँले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने स्पष्ट पार्नुभयो ।

‘बोल्न नदिने, जवाफ दिन नदिने हुँदैन। यो कांग्रेसको केन्द्रीय समिति हैन, सदन हो। जनताबाट चुनिएर आएका २७५ जना प्रतिनिधि बस्ने हो। यो नेविसंघ वा तरुण क्लबजस्तो हैन, संसद् हो। मर्यादा हुन्छ। कांग्रेसमात्र छैन यहाँ। हामी पनि छौँ,’ उहाँले भन्नुभयो ।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसकै अवरोधकाबीच सभामुख देवराज घिमिरलेले संसद् बैठक अघि बढाएपछि सदनमा मुठभेडको स्थिति सिर्जना भएको थियो। त्यसपश्चात् सभामुखले सदन बैठक स्थगित गर्नुभएको थियो ।