२९ असार २०८३, सोमबार

अब संसदीय छानबिन समिति बन्दैन : रास्वपा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समिति नबन्ने बताएको छ ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै रास्वपाका सांसद मनिष झाले अब संसदीय समिति नबन्ने स्पष्ट पार्नुभएको हो । उहाँले कांग्रेस आफ्ना सभापतिमाथि उठेको प्रश्नको छानबिन गर्न तयार भए मात्र संसदीय छानबिन समिति बन्ने बताउनुभयो ।

उहाँले कांग्रेसका नेताहरु पिच्छे फरक कुरा गर्ने गरेको बताउँदै अब आफूहरु संसदीय छानबिन गर्न तयार नहुने बताउनुभएको हो ।

‘समिति बन्दैन अब, अघि हामीले दुई सर्त मान्दिनू हामी समिति बनाउन तयार छौँ भनेर गएको हो। अब समिति बन्दैन,’ उहाँले भन्नुभयो, ‘समिति त्यो बेलामा मात्रै बन्छ, नेपाली कांग्रेसका पदाधिकारीको सबै फाइल खोल्न तयार हुन्छ।’