
काठमाडौं, ३ जेठ । नेकपा (एमाले) ले प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अरजकता मच्याएको आरोप लगाउदै संसदमा मुठभेडको थलो नबनाउन आग्रह गर्नुभयो ।
उहाँले कांग्रेसले संसदमा आफ्नो कुरा लादिरहने र अरुको कुरा नसुन्ने बाटोमा हिँडिरहेको बताउनुभयो । उहाँले कांग्रेसले संसद अवरोध गरिरहे बैठक अगाडी बढ्ने दावी गर्दै संसदलाई बन्धक बनाउन नमिल्ने स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया