
काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको माग अनुसार कसैको नामै तोकेर नभई बिषयमात्र उल्लेख गरेर संसदीय छानविन समिति गठन गर्ने तयारी भएको छ ।
आज बिहान शीर्ष नेतृत्व तहमा भएको छलफलपछि समिति गठन गर्ने तयारी भएको हो । सत्तारुढ दलका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच बिहान यसै बिषयमा छलफल भएको थियो ।
सभामुख देवराज घिमिरेले पनि नेताहरु र प्रमुख सचेतकहरुसँग यहि बिषयमा केन्द्रित रहेर संसदको अवरोध खोल्न छलफल गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले नेताहरुसँगको छलफलपछि प्रमुख प्रतिपक्षी दललाई समिति गठन गर्ने सम्भावना रहेको भनेर जानकारी दिनु भएको छ ।
अपरान्ह चार बजे बस्ने बैठकमा गृहमन्त्रीलाई बोल्न दिने र अवरोध नगर्न काँग्रेस पनि सकारात्मक रहेको छ ।








प्रतिक्रिया