९ श्रावण २०८३, शनिबार

नेपालमा विद्युतीय सवारी साधनको प्रमोशन गर्नुपर्छ : कुलमान घिसिङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ले नेपालमा विद्युतीय सवारी साधनले एकदमै राम्रो पिकअप लिएको बताउनु भएको छ ।

विहीबार प्रि–बजेटको छलफल कार्यक्रममा उहाँले विद्युतीय सवारी साधनले नेपालमा राम्रो प्रमोशन गरेको भन्दै यसप्रति विशेष ध्यान दिनुपर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘भन्सार लगायतका विषयहरु छन् त्यसमा सहजीकरण हुन्छ नै भन्ने मलाई लाग्छ । धेरै विषयमा हामी आन्तरिक रुपमा छलफल नै गरिरहेका छौं । राजस्वको विषयले गर्दा विद्युतीय सवारी साधनमा जुन हिसाबले प्रमोशन भइरहेको छ, यसमा विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ । नेपालमा विद्युतीय सवारी साधनको प्रमोशनका कारण राम्रो पिकअप लिएको छ । नेपालमा ग्रिन इनर्जीलाई यसले सपोर्ट गरेको छ ।’

यस्तै, उहाँले नेपालमा उर्जा क्षेत्रमा सबैभन्दा महत्वपूर्ण भूमिका नीजि क्षेत्रको रहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले २८ हजार मेघावाट विद्युतको लक्ष्य राखेका छौ । त्यो पुरा गर्नको लागि नीजि क्षेत्र नै हो नेपालमा अहिलेको उर्जा क्षेत्रमा सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको छ । तपाईहरुलाई सहजीकरण गर्न हामी सधैँ तयार छौ ।’

अर्बौ रुपैंयाँ वनलाई क्षतीपूर्ती दिएर वन कटानीको सहमति लिनुपर्ने लगायत विभिन्न किसिमका ठाँउमा धेरै लगानी गर्दा खर्च धेरै भएको भन्दै जसरी भएपनि उत्पादन खर्च घटाउनुपर्ने पनि उहाँको भनाई छ ।

Skip This