८ असार २०८३, सोमबार

संसद्को अवरोध हटाउने प्रयास जारी, प्रतिनिधिसभा बैठक बस्न ढिलो हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । प्रतिनिधिसभाको बैठक बस्न ढिला हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरिरहेको संसदको अवरोध हटाउने प्रयास जारी रहेकाले बैठक ढिलो शुरु हुने सभामुखको सचिवालयले जानकारी दिएको हो ।

सभामुखले केहीबेर अघि प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेको र प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भनेको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिएको बताइएको छ ।

सभामुखले भने बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहनु भएको छ । छलफलमा कानून मन्त्री पदम गिरी, उपसभाख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी हुनुहुन्छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो ।