१० असार २०८३, बुधबार

न्याय पाएपछि सन्दीपले भने– मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । बलात्कार मुद्वाबाट सफाई पाएपछि क्रिकेटर सन्दीप लामिछानेले न्यायाधीसहरूलाई धन्यवाद दिनुभएको छ ।

उच्च अदालत पाटन पुग्नुभएका सन्दीपले न्यायाधीसलाई धन्यवाद दिनुभएको हो । अदालतप्रति आफ्नो विश्वास र आस्था निरन्तर रहेको र भविष्यमा पनि अटल रहने उहाँले बताउनुभयो ।

‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ’, उहाँले भन्नुभयो । यस्तै उहाँले आफ्ना समर्थकलाई पनि धन्यवाद दिनुभयो ।

कठिन अवस्थामा पनि आफ्नो साथ नछाडेको भन्दै उहाँले आफू ऋणि भएको र समर्थकहरुको यो मायाले खेलमार्फत राष्ट्रका लागि योगदान दिने अठोट र अभिलाषा अझै उच्च बनेको बताउनुभयो ।