१ श्रावण २०८३, शुक्रबार

सन्दीपले पाए सफाई

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्वाबाट सफाई पाउनुभएको छ । उच्च अदालतले पाटनले सन्दीपलाई सफाई दिएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसलाविरूद्व सन्दीपले उच्च अदालतमा पुनरावेदन दिनुभएको थियो । जिल्ला अदालतले पीडित भनिएकी गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर सन्दीपले बलात्कार गरेको ठहर गरेको थियो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहनु भएका लामिछानेविरूद्ध गत वर्ष भदौ २१ गते गौशाला २६ ले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिनु भएको थियो । प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा हुनुहुन्थ्यो । घटनापछि नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई निलम्बन गरेको थियो।

वेस्ट इन्डिजमा रहेका लामिछाने नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका लामिछाने विमानस्थलबाटै पक्राउ पर्नुभएको थियो ।