सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

कांग्रेसको बदमासीको कुरा उठाउँछौँ, अब बकवास सुन्न तयार छैनौँ : केपी ओली

दैनिक नेपाल २०८१ जेठ २ गते १५:१७

काठमाडौं, २ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब काँग्रेसको बदमासीविरूद्व आवाज उठाउने बताउनुभएको छ ।

आज बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले कांग्रेसको बदमासी टुलुटुलु हेरेर नबस्ने बताउनुभएको हो । कांग्रेसले पाखुरा र मसल देखाउँदैमा एमाले नलत्रने भन्दै यस्तै रहे कांग्रेसलाई बोल्न नदिने अवस्था आउने समेत उहाँले स्पष्ट पार्नुभएको छ ।

‘नेपाली कांग्रेसले गरेका बदमासीका बारेमा अव हामी कुरा उठाउँछौँ । अव कांग्रेसको बकवास सुन्न तयार छैनौ’ , ओलीले भन्नुभयो, ‘यतै टोकेको छ उतै भुकेको छ के तरिका हो यो ? हामी सुनिरहनुपर्ने, कांग्रेस कराइरहने पनि हुन्छ संसद् ?’ ।

प्रतिक्रिया
सम्बन्धित