
काठमाडौं, २ जेठ । सन्दीप लामिछानेको मुद्दाको फैसला आउने तरखरमा रहँदा उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अहिले मुद्वाको सुनुवाई अन्तिम चरणमा पुगेको छ । सुनुवाई समाप्त हुनै लाग्दा अदालतको सुरक्षा कडा पारिएको हो । कसैलाई पनि अदालतभित्र प्रवेश गर्न दिएको छैन ।
सन्दीपका समर्थक र पत्रकारलाई समेत गेटभित्र छिर्न नदिइएको हो । मुद्दाको काममा आएकाहरूलाई प्रमाण हेरेर भित्र जान दिइएको छ भने अरूलाई अनुमति छैन ।









प्रतिक्रिया