सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

काभ्रेको पाँचखालमा जिउँदै जलाइएका व्यक्तिको पहिचान खुल्यो

दैनिक नेपाल २०८१ जेठ २ गते १२:४६

काठमाडौं, २ जेठ । काभ्रेको पाँचखाल नगरपालिका–४ स्थित जिरो किलोमा केहि दिनअघि जिउँदै जलाइएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।

मृतक दोलखा भीमेश्वर नगरपालिका–६ चरिकोटका विष्णु प्रसाद सुवेदी भएको पुष्टि भएको हो । उहाँको दाँतबाट पहिचान भएको प्रहरीले जानकारी दिएको छ । उहाँले माथिल्लो भागमा ३ वटा र तल्लो भागमा ९ वटा दाँत हाल्नु भएको थियो ।

उहाँको ललितपुरको महालक्ष्मी नगरपालिका स्थित टिकाथलीमा पनि घर छ । टिकाथलीबाट वैशाख २३ मा उहाँ दोलखाका लागि हिँड्नु भएको थियो । जिरो किलोबाट त्यस दिन बिहान ११ बजेतिर टिकाथलीमा परिवारलाई फोन गरेर उहाँले–‘म साथीहरूसँग एउटा काममा छु, बेलुकासम्म आउन सक्छु ।’ भनेर खबर गर्नुभएको थियो । तर उहाँको शव भेटिएको हो ।

उहाँलाई रूखमा मुखमा तार बाँधेर जिउँदै आगो लगाएको पाइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित