१ कार्तिक २०८३, आइतबार

थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । राजतन्त्रको अपमान गरेको अभियोगमा थाइल्याण्डमा थुनामा रहनुभएको अभियन्ता नेतिपर्ण सनेसाङ्खोमको मृत्यु भएको छ । उहाँ २८ वर्षको हुनुहुन्थो र विगत केही महिनादेखि अनशनमा हुनुहुन्थो ।

नेतिपर्ण सानेसाङ्खोमलाई ‘थालुबाङ्’ भनेर पनि चिनिन्छ । मंगलबार नेतिपर्णको मुटुले अचानक काम गर्न छोडेको अधिकारीहरुले बताएका छन् । नेतिपर्ण २६ जनवरीदेखि हिरासतमा हुनुहुन्थो । उहाँविरुद्ध सातवटा मुद्दा दर्ता भएका छन् । तीमध्ये दुईवटा घटना राजतन्त्रको अपमानसँग सम्बन्धित थिए ।

नेतिपर्णले थाइल्याण्डको न्यायिक प्रणालीमा सुधारको माग गर्दै आउनुभएको थियो । उहाँ हिरासतमा भएदेखि नै आन्दोलनमा हुनुहुन्थो ।

थाइल्याण्ड विश्वका ती देशहरूमध्ये एक हो जहाँ राजतन्त्रको अपमान गर्नेलाई निकै कठोर सजाय दिइन्छ ।