
काठमाडौं, १ जेठ । सरकारले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने घोषणा गरेको छ ।
आज सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना सार्वजनिक गर्नुभएको हो ।
संघीय संसदका संयुक्त बैठकमा सरकारको नीतितथाकार्यक्रम प्रस्तुतगर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने कार्य अघि बढाइनेछ ।’
यस्तै, सरकारले डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समुदायको सूचना प्रविधिमा पहुँच विस्तार गरिने समेत नीति लिएको उहाँले बताउनुभयो ।









प्रतिक्रिया