
काठमाडौं, १ जेठ । सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा एक हजार युवालाई स्टार्टअपमा आधारित व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गर्ने भएको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार संसदको संयुक्त सदनमा वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्तनमा आधरित व्यवसाय प्रवर्धनको नीति लिइने बताउनु भएको हो ।
सरकारले एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गर्ने घोषणा उहाँले गर्नुभयो । त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका युवा दलीत, महिला तथा सिमान्तकृत समुदायको उद्यमशीलता विकास गर्ने समेत उहाँले बताउनुभयो ।
आगामी आर्थिक वर्षमा एक हजार लघु घरेलु उद्योगीलाई ब्याजमा अनुदान तथा प्रविधि उपलब्ध गरिने सरकारले नीति लिएको राष्ट्रपति पौडेलले जानकारी गराउनुभयो ।








प्रतिक्रिया