
काठमाडौं, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पुगेको क्षतिबापतआर्थिक सहायताप्राप्त गर्न कूटनीतिक पहल गरिने बताउनुभएको छ ।
संघीय संसदको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै उहाँले जलवायु वित्तमा सहज पहुँचकालागि अन्तर्राष्ट्रिय मञ्चहरुमा मुलुकले पैरवी गर्ने भन्दै हानी तथा नोक्सानीको कोषबाट आर्थिक सहायताको लागि पहल गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जलवायुसँग सम्बन्धित अन्तर्राष्ट्रिय कोषको अधिकतम उपयोग गर्न र यस्तो कोष माथिको अधिकार स्थापित गर्न विशेष प्रयत्न गरिने छ । जलवायु वित्तमा सहज पहुँचका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा पैरवी गरिने छ । जलवायु परिवर्तनको कारण पुगेको क्षति वापत हानी तथा नोक्सानीको कोषबाट आर्थिक सहायता प्राप्त गर्न कूटनीतिक पहल गरिने छ ।’
यसको साथै, उहाँले औद्योगिक क्षेत्रको समग्र वातावरण सुुधार गर्न उद्योग र लगानीसँग सम्बन्धित कानून प्रक्रिया तथा संरचनालाई समयानुकूल बनाएर लैजाने पनि बताउनुभयो । उद्योगहरुमा चौथो पुस्ताको औद्योगिकअवधारणा उपयोग गर्न प्रोत्साहित गरिने पनि उहाँले घोषणा गर्नुभयो ।








प्रतिक्रिया