
काठमाडौं, १ जेठ । सरकारले आगामीवर्ष गरिब घरपरिवार पहिचान कार्यलाई सम्पन्न गर्ने बताएको छ ।
राष्ट्रपति रामचन्द्र पौडलले मंगलबार दिउँसो संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सरकारले गरिब घर परिवार पहिचानको कार्यलाई सरकारले पूर्णता दिने उल्लेख गर्नुभयो ।
नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो,‘आगामी आर्थिक वर्षभित्र गरिब घरपरिवार पहिचानको कार्य सम्पन्न गरिनेछ । गरिब लक्षित कार्यक्रमहरु एकीकृत रुपमा सञ्चालन गरिने छ ।’
राष्ट्रपति पौडेलले पहिचान भएका गरिबको स्थानीय तह मार्फत सरकारले निशुल्क बीमा गर्ने समेत जानकारी दिनुभयो । ‘गरिबीको रेखामुनी रहेका घर परिवारका लागि विद्युतीय चुलो, ट्युबेल लगायतका सामग्री उपलब्ध गराइने छ’ राष्ट्रपति पौडेलले भन्नुभयो ।









प्रतिक्रिया