
काठमाडौं, १ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक पनि अवरोध गर्ने भएको छ ।
सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको काँग्रेसले त्यसपछि प्रतिनिधि र प्रदेशसभा दुवै बैठक अवरोध गर्ने भएको हो ।
आज अपराह्न ३ बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ । लगत्तै प्रतिनिधि सभा र राष्ट्रिय सभामा बैठक बस्नेछ।
राष्ट्रिय सभामा कांग्रेस संसदीय दल नेता रहेका कृष्णप्रसाद सिटौलाले अध्यक्ष नारायणप्रसाद दाहालसँग नीति तथा कार्यक्रम पेस गर्दा अवरोध नगर्ने र त्यसपछि बैठक अवरोध गर्ने जानकारी गराउनु भएको हो ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो।








प्रतिक्रिया