४ असार २०८३, बिहिबार

संयुक्त बैठक अवरोध गर्दैनौं, संसदको अन्य बैठक चल्न दिदैनौं : कांग्रेस

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्ने निर्णय गरको छ ।

मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनु भएको हो । नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आफ्ना माग पूरा नभएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको लेखकले बताउनु भयो । लेखकले सरकार सहकारी पिडितप्रति सम्बेदनशील हुन नसकेको आरोप लगाउदै सरकारलाई तत्काल संसदीय समिति बनाउन माग गरेको बताउनुभयो ।

कांग्रेसले संसदको अन्य कार्यसूचीमा प्रवेश हुन नदिने निर्णय गरेको छ । सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै यसले संसदका बैठक प्रभावित भएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उहाँको भनाइ छ ।

आजको बैठकमा कांग्रेसले गिरिबन्धु टी–स्टेटको जग्गा प्रकरणमा सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै यस विषयमा संसदीय दलमा प्रवेश गरेको र अर्को बैठकमा यस बारेमा कांग्रेसले आफ्नो धारणा बनाउने लेखकले जानकारी दिनुभयो । कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।

यसअघि मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरूसँग राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम अवरोध नगर्न आग्रह गर्नुभएको थियो ।