
काठमाडौं, १ जेठ । नेपाल प्रहरीले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको राहदानी रद्व गर्न राहदानी विभागलाई पत्राचार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो ।
राईविरूद्व यसअघि नै अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भइसकेको छ ।
जीबी मलेसियामा रहेको आशंका प्रहरीको छ । तर, रेड नोटिस जारी भए पनि मलेसिया प्रहरीले जीबीलाई नेपाल ‘डिपोर्ट’ गर्न चासो नदेखाएपछि राहदानी नै रद्द गर्ने प्रक्रियामा प्रहरी पुगेको हो ।








प्रतिक्रिया