३० जेष्ठ २०८३, शनिबार

बिहारका पूर्व उपमुख्यमन्त्री सुशील मोदीको निधन

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । भारतको बिहारका पूर्व उपमुख्यमन्त्री सुशील कुमार मोदीको निधन भएको छ । क्यान्सरसँग लडिरहनुभएका मोदीको सोमबार दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

लोकसभा चुनावको घोषणापछि सुशील मोदीले आफ्नो बिरामी भएको जानकारी सार्वजनिक गर्नुभएको थियो ।

सुशील कुमार मोदीको निधनमा राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव, तेजस्वी यादवलगायतका नेताहरूले गहिरो शोक व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले लेख्नुभएको छ, ‘पार्टीमा मेरा अमूल्य सहकर्मी र दशकौंदेखि मेरा साथी सुशील मोदी जीको असामयिक निधनबाट अत्यन्तै दुखी छु । बिहारमा भाजपाको उदय र सफलतामा उनको अमूल्य योगदान रहेको छ । आपतकालको कडा विरोध गर्दै उनले विद्यार्थी राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएका थिए ।’

लालु यादवले मोदीको निधनमा दुख व्यक्त गर्दै आफू विगत ५१–५२ वर्ष अर्थात पटना विश्वविद्यालय विद्यार्थी युनियनको समयदेखिको साथी रहेको लेख्नुभएको छ ।