
काठमाडौं, १ जेठ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको थियो ।
त्यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४९ पैसा रहेको छ । सोमबार युरो एकको खरिददर ४३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसाका दरले कारोबार भएको थियो ।
आज बेलायती पाउण्डको खरिददर १६७ रुपैयाँ २३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९९ पैसा रहेको छ । सोमबार १६६ रुपैयाँ ९४ पैसा र बिक्री दर १६७ रुपैयाँ ७० पैसाले कारोबार भएको थियो ।
आज कतारी रियाल एकको खरिददर खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । सोमबार कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको थियो ।









प्रतिक्रिया