
काठमाडौं, ३१ बैशाख । उपप्रधान तथा गृहमन्त्री एवंम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले सदनमा बोल्न पाउनुपर्ने बताउनुभएको छ ।
आज सिंहदरबार प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै लामिछानेले आफूमाथि लागेका आरोपका जवाफ दिन पाउनुपर्ने बताउनु भएको हो ।
उहाँले काँग्रेसले आफ्नो हाँत बाँध्ने र मुख थुनेर डराएको भनिरहेको बताउनुभयो ।
‘यत्रो आरोप लागेपछि एक पटक बोल्न त पाउनुपर्यो नी मैले । मैले त चूनौति पनि दिएको छु ।‘प्रमाणहरु तपाईँले भेटाउनु भयो कि नाईँ ? मैले त थाहा पाइनँ । मलाई लागेको आरोपमा प्रमाण छ भन्नु भएको थियो । आयो कि नाईँ प्रमाण ?’ ‘आरोप लगायो बोल्न नदियो, हात पनि बाँध्दिने, बोल्न पनि नदिने मुख पनि थुन्दिने अनि किन डराएको भन्ने ? लामिछानेले भन्नुभयो, ‘हात खुट्टा खोलेर हेर्नुस डराएको हो कि होइन । कुरा सुन्न किन डराएको एक पटक रु एक पटक कुरा सुन्न डराउन पर्छ र ?’








प्रतिक्रिया