७ असार २०८३, आइतबार

दुर्गा प्रसाईंको विरूद्वमा बोलेको भन्दै पूर्व डीएसपीलाई जुत्ताको माला, जिब्रो काट्ने धम्की

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ बैशाख । मेडिकल व्यवसायी दुर्गा प्रसाईको विरूद्वमा बोलेको भन्दै एकजना नेपाल प्रहरीको पूर्व डीएसपीमाथि आज काठमाडौंमा दुर्व्यवहार भएको छ ।

प्रसाईका कार्यकताले पूर्व डीएसपी अर्घखाँचीका केपी शर्मा पन्थीलाई पशुपति क्षेत्रमा जुत्ताको माला लगाएका हुन् । उनीहरूले पन्थीलाई समातेर जुत्ताको माला लगाएर भिडिओ बनाएका हुन् ।

यस्तै, उनीहरूले आइन्दा प्रसाईँको विरूद्वमा बोले जिब्रो काटिदिने धम्कीसमेत दिएका छन् । फलामे कुर्सीको पछाडि हात बाँधेर जुत्ताको माला लगाएर सम्मान गरिएको भन्दै भिडियो खिचेको भिडिओमा देखिन्छ ।

‘अब यस्तो बोल्दै जानु भयो भने हाम्रो टोलीले जिब्रो कटिङ गर्छ । जिब्रो कटिङ मात्रै होइन ठोक्दिन्छु । दुर्गा दाइले धेरै सहयोग गर्नु भएको छ । नत्र गोली हान्थे म,’ दुर्व्यवहार गर्ने एक व्यक्तिले भिडियोमा भनेको सुनिन्छ ।