१६ असार २०८३, मंगलबार

मन्त्रिपरिषद् विस्तार : नवनियुक्त मन्त्री यादव र खानले लिए शपथ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ बैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गर्नुभएको थियो । नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

यसअघि जनता समाजवादी पार्टी नेपालबाट उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका उपेन्द्र यादवले आजै राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिनु भएको थियो । जसपा नेपालबाट विभाजन भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट यादव मन्त्री नियुक्त हुनुभएको हो । जसपाबाट वनमन्त्रीमा नवल किशोर साह सुडी रहनु भएको छ ।

जसपाले रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेपनि खानलाई मात्र राज्यमन्त्रीमा नियुक्ति गरिएको छ । खानले पनि शपथ लिनुभएको छ ।