२५ असार २०८३, बिहिबार

जसपाबाट यादव र खान मन्त्री नियुक्त

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ बैशाख । संघीय सरकारमा नयाँ दल जनता समाजवादी पार्टीबाट दुईजना मन्त्री नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदीप यादव र हसिना खानलाई मन्त्री नियुक्त गर्नुभएको हो । यादवलाई स्वास्थ्य तथा जनसंख्या र खानलाई वन राज्यमन्त्री नियुक्त गरिएको हो ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीले राजेन्द्र राई नेतृत्वको जसपाबाट दुईजनालाई मन्त्री नियुक्त गर्नुभएको हो ।

उपेन्द्रले आज बिहान मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो । नवनियुक्त मन्त्रीद्वयले आजै शपथ लिने तयारी छ।