२३ जेष्ठ २०८३, शनिबार

गठबन्धन बदलिन सक्छ : माधव नेपाल

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ बैशाख । नेकपा (एकीकृत समाजवादी) ले वर्तमान गठबन्धन बदलिन सक्ने बताएको छ ।

पार्टीको पोलिटव्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गर्नुभएको हो ।

उहाँले वर्तमान संसदको संरचनाअनुसार निर्माण र सञ्चालनका लागि अहिलेको गठबन्धन बनाइएको र यो दीर्घकालीन नभएको उल्लेख गर्नुभएको छ ।

प्रतिवेदनमा उहाँले भन्नुभएको छ, ‘यो समीकरण वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो। यो दीर्घकालीन होइन तात्कालीन राजनीतिक सहकार्य मात्र हो । त्यसैले तात्कालीन राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालीन राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ ।’