
काठमाडौं, ३१ बैशाख । जनता समाजवादी पार्टी नेपालले संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।
जसपा नेपालका संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई एक पत्र लेख्दै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनु भएको हो ।
पत्रमा उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निभाउने उल्लेख गर्नुभएको छ । यादवले आजै सरकारबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिनु भएको थियो ।










प्रतिक्रिया