
काठमाडौं, ३१ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरूद्व सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै उहाँले रिट दायर गर्नुभएको हो ।
रिटमा यादवले आयोगको निर्णयलाई खारेज गर्न माग गर्नुभएको छ । वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिनु भएको थियो ।
सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो । रिटको पेशी जेठ २ गतेका लागि तोकिएको छ ।








प्रतिक्रिया