१६ असार २०८३, मंगलबार

कांग्रेसद्वारा कोशी प्रदेश सभा बहिष्कार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३१ बैशाख । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको बैठक बहिष्कार गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो । वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कार्कीलाई एमालेका ३९, माओवादीका १३ सहितका बहुमत सांसदको समर्थन रहेको छ ।

प्रतिपक्षी दलबाट राप्रपा बैठकमा उपस्थित भएपनि राप्रपाले कुनै पक्षमा मत नदिने र तटस्थ रहने निर्णय गरेको छ ।