३१ जेष्ठ २०८३, आइतबार

सहकारीको ८० लाख लुट्ने दुईजना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ३१ वैशाख । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी कर्मचारीलाई पेस्तोल देखाएर ८० लाख लुटेको घटनामा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

प्रमुख तिवारीका अनुसार उनीहरूको साथबाट १४ लाख ५३ हजार नगद बरामद गरिएको छ ।

धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका केही हतियारधारीले लुटेका थिए ।